मन र शरीरलाई जोड्ने योग बिर्सिंदा वियोग हुन्छ

योग दिवस होस् वा नहोस् योग आम मानिसबीच लोकप्रिय र जीवनोपयोगी रहँदै आएको छ। अझ आधुनिक विकासको उपभोग गरेर मानिस थाक्दै गएपछि योगप्रति बेस्सरी आकर्षित हुन थालेको छ।वास्तवमा योग के हो?  स्व-स्वयं र स्थित-रहनु, आफ्नै स्वास्थ्य र स्वभावमा रहनु योग हो। वास्तवमा योग हाम्रो व्यवहारको परिणाम हो। कोरोना महामारीमा सबैभन्दा सचेत हामी आफ्नो स्वास्थ्यप्रति भयौं।महामारीमा मात्र होइन‚ जीवनभरिको स्वास्थ्यप्रतिको सचेतना योगमार्फत हुनु पर्दछ। किनकि, यो आपत परेका बेला देवता पुकारे जस्तो मात्र हुनुहुन्न।हा