गृहमन्त्री र सिके राउतको पार्टीबीच छलफल

गृहमन्त्री बालकृष्ण खाँणले सिके राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिसँग छलफल गरेका छन् ।  गृहमन्त्री खाँणसँग उच्चस्तरीय समिति गठनसहित किसान आन्दोलनको मुद्दा सम्बोधन गर्ने विषयमा छलफल भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताएका छन् । ‘हाम्रो मागप्रति गृहमन्त्री सकारात्मक हुनुहुन्छ,’ चन्दन सिंहले भने, ‘माग जायज भएकोले प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । तपाईँहरूको माग सम्बोधन गर्न मन्त्रिपरिषद्मा लैजान्छु भन्नुभएको छ ।’  -न्युज कारखाना &nbs