भारतमा कोरोना भाइरसबाट थप १९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १९ हजार ८९३ जना नयाँ सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले यसअघि बुधबार सार्वजनिक गरिएको विवरणमा भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या १७ हजार १३५ रहेको थियो । भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३६ हजार ४७८ रहेको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा कोराना भाइरसका क