विराटनगरमा आयल निगमको ट्याङ्कर विस्फोट

माेरङ - नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा विष्फोट भएको छ ।  नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५ सय मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्याङ्कर विष्फोट भएको हो ।  ठूलो आवाजमा विष्फोट भएपछि विराटनगर ४ प्रगति टोलका तीन जना बेहोस भएको स्थानीय कीर्तिराज कार्कीले जानकारी दिन...