काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिको कार्ययोजना निर्माण तथा कार्यसम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताउनुभयो । सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवर्द्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकासलगायत विभि...