काठमाडौं : सत्तारुढ गठबन्धनले आगामी बजेटको पूर्वतयारीमा एकरुपता ल्याउने सहमति गरेको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (बुधबार) बसेको बैठकले आगामी वैशाख २४ गते संघीय संसदको बैठक आह्वान भैसकेकाले बजेट पूर्वका छलफल, सरकारका नीति तथा कार्यक्रमलाई एकरुपता ल्याउने विषयमा मुख्यतः छलफल भएको कांग्रेस सचेतक रमेश लेखकले जानकारी दिए।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउने विषयमा भने प्रधानमन्त्री आफैँले कुरा गरी रहेकाले प्रधानमन्त्रीले नै उक्त विषय टुंगो लगाउने बताए।ब