सक्रिय संक्रमितको संख्या ९० हजार नाघ्यो , उपत्यकामा मात्रै ५५ हजार

नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ। सबै भन्दा बढी संक्रिय संक्रमित काठमाडौँ उपत्यकाका तीन जिल्लामा रहेका छन्। उपत्यकामा ६१ दशमलव ९६ प्रतिशत सक्रिय संक्रमित छन्। स्वास्थ्य तथा जनसंख्याको तथ्यांक अनुसार नेपालमा संक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ। काठमाडौं उपत्यकामा मात्रै ५५ हजार ८०९ जना संक्रिय संक्रमित छन्। काठमाडौँमा ४० हजार १२, भक्तपुरमा पाँच हजार ७२८, ललितपुरमा १० हजार ६९ छन्।