लैंगिक समानताबारे लघु चलचित्र प्रतियोगिता हुने भएको छ । नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले नेपाल-युनियन चलचित्र महोत्सव(नियुफ) २०२१ को आयोजना गर्दै प्रतियोगिता गराउने भएको हो । युरोपियन युनियनले दसौं संस्करणको नियुफको सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिताको घोषणा गरेको हो ।