होम आइसोलेसनमा रहेका बाँकेका एक संक्रमितको मृत्यु

बाँकेमा होमआइसोलेसनमा बसेका एकजना संक्रमितको गएराती मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १४ का ७५ बर्षिय संक्रमित पुरुषको गएराती मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले उनलाई आइतबार संक्रमण पुष्टि भएको र परिवारको आग्रहमा होम आइसोलेसनमा राखिएको बताउनुभयो । फोकल पर्सन ओलीका अनुसार ती पुरुष दीर्घरोगीका बिरामी हुनुहुन्थ्यो । भारतमा उपचार गरेर उनी बैशाख ४ गते शनिवार घर फर्किनुभएको थियो । स्वास्थ्यमा सुधार नआएपछि आइतवार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कोरोना परिक्षण गरिएको थियो ।

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।