तरलता व्यवस्थापन र ब्याजदर नियन्त्रण गर्न महासंघले राष्ट्र बैंकलाई दियो १७ सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रमा आन्तरिक र वाह्य कारणले प्रभाव परिरहेको जनाउँदै नेपाल राष्ट्र बैंकलाई तरलता व्यवस्थापन तथा ब्याजदरमा स्थायित्व दिन विभिन्न सुझाव दिएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा निलम ढुंगानासहितका उच्च अधिकारीहरूलाई भेटेर सुझाव दिएको हो ।