काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोभिड-१९ संक्रमणपछि अस्पताल भर्ना गरिएको छ।
शुक्रवार उनलाई संक्रमण देखिएको प्रचण्डको सचिवालयले जनाएको छ। संक्रमण पुष्टि भएपछि मेडिसिटीमा उनलाई भर्ना गरिएको हो। संक्रमणपछि निमोनिया देखिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। सीतालाई आईसीयूमै राखेर उपचार भइरहेको छ।…