काठमाडौँ : नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानन्यायाधीश महाभियोग सन्दर्भमा विकसित घटनाप्रति प्रश्न उठाएका छन्।उनले भनेका छन्‚ ‘प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाविरुद्ध महाभियोगको सन्दर्भका घटनाक्रम र निजको उमेरले अवकाश हुने दिन नजिकिदै गर्दा संसद् सचिवालयका महासचिवले निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा! यसको देश, राज्य र राजकाज चलाउनेहरूले जिम्मेवारी लिनु पर्दैन र?’