खसेको मतविवरण भन्दा २२ मत कम भएपछि हलेसी तुवाचुङमा विवाद

खोटाङ : हलेसी तुवाचुङ नगरपालिकामा खसेको मत भन्दा २२ मत कम भेटिएपछि मत गणना स्थगित भएको छ। नगरपालिका- ८ धितुङमा कुल १ हजार १ सय ४३ मत खसेको भनिएको थियो। तर गणना गर्न मतपेटिका खोल्दा २२ मत नपुगेपछि विवाद भएर गणना रोकिएको छ।सुरुमा मतपत्रमा रेजा लगाइएपनि २२ मत नखसेको कारण हिसाब नमिलेको मुख्य निर्वाचन अधिकृत संगिता न्यौपाने ढुंगेलले बताए। तर, मतपत्र भने नहराएको उनको भनाइ छ। २२ मतपत्र नभएपछि यतिबेला सर्वदलीय बैठक बसिरहेको छ।सर्वदलीय बैठकाको सहमती पश्चात सो वडाको मतगणना सुरु गर्ने उनको भनाइ छ। वडा- ८ ध