लुम्बिनीमा प्रदेश प्रमुखले गराउँदैछन् शपथ, पहिलो पटक स्थायी राजधानीमा यस्तो छ तयारी
प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा नवनिर्मित प्रदेश सभा भवनमा सांसदलाई शपथ ग्रहण गराउन लागिएको हो । यहाँ पहिलो पटक औपचारिक कार्यक्रम गरिँदै छ ।
२६ भदौ, दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ […]
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउनमा प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् ।
आज नेपालगञ्जमा नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक सहमतिमा मन्त्रीमण्डलले आकार लिने जानकारी दिए ।
‘यतिबेला हामी जनतालाई के दिने भनेर लागिरहेका छौं, त्यसपछि मन्त्रिमण्डल विस्तारमा लाग्छौं,’ मुख्यमन्त्री चौधरीले भने । उनले प्रदेश सरकारले रोजगारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै दुई लाखलाई रोजगारी दिने र त्यसका लागि रु एक अर्ब छुट्याएको र सङ्घबाट पनि सो अपेक्षा राखेको बताए ।
मुख्यमन्त्री चौधरीले बाँके र बर्दियाको विकासमा खास जोड दिइएको उल्लेख गर्दै बाँकेमा स्थापना भएको लुम्बिनी विश्वविद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा टेवा पुग्ने बताए ।
उनले प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढवा दिएको र विभिन्न जिल्लाको विशेषताअनुसार ‘हब’का रूपमा विकासमा जोड दिइएको उल्लेख गरे ।
मुख्यमन्त्री चौधरीले थारू सङ्ग्रहालयका लागि बर्दिया जिल्लालाई छनोट गरेको उल्लेख गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नका लागि स्काई ब्रिज बनाउन लागेको बताए । उनले थारू भिलेज होम दाङ र बाँकेमा स्थापना गर्न लागेको जानकारी दिँदै दुई जिल्लालाई थारू ‘हब’का रूपमा विकास गर्ने उल्लेख गरे ।
यसअघि मुख्यमन्त्री चौधरीले कोहलपुरस्थित नयाँ बसपार्कको उदघाटन गरेका थिए । रासस
बुटवल : लुम्बिनी प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। दाङको राप्ती उपत्यका (देउखुरी)स्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ।
लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ सांसद छन्। प्रदेशसभामा १० दल र ३ स्वतन्त्र सांसदको सहभागिता रहेको…
१४ मंसिर, बुटवल । लुम्बिनीमा प्रदेश सरकार गठनका लागि कुनै दलले बहुमत पाउन नसकेपछि मिलीजुली सरकारका लागि जोडघटाउ शुरु भएको छ । प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सदस्यीय प्रदेश सभामा दलको मात्र होइन, सिंगो गठबन्धनको पनि बहुमत आउन सकेको छैन । यहाँ सरकार बनाउन कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ । प्रत्यक्षमा सबैभन्दा बढी […]
११ मंसिर, बुटवल । लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ । प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ । यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक […]
२३ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरीको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले गर्ने गरी प्रदेश प्रहरी ऐन ल्याएको छ । १५ असारमा प्रदेशसभाबाट पारित उक्त ऐनले प्रहरी नायव महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा प्रदेश मन्त्रिपरिषदको सिफारिसमा गर्ने व्यवस्था गरेको छ । त्यस्तै प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायव उपरीक्षक (डीएसपी) […]
नयाँ सरकार गठनको आह्वान
लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा...