युनियनको आईपीओमा १८ लाखको आवेदन

काठमाडौं। युनियन लाईफ इन्स्यारेन्सको साधारण सेयर (आईपीओ)मा १८ लाख १४ हजार जनाको आवेदन परेको छ। यही असार २४गतेदेखि सर्वसाधारणका लागि खुलेको कम्पनीको आईपीओमा आज२७ गतेसम्ममा उक्त आवेदन परेको हो। उनीहरुले अहिलेसम्म कुल२९ अर्ब१५ करोड तीन लाख ६५ हजार रुपैयाँ बराबरको दुईकरोड९१ लाख ५३ हजार ६५० कित्ता सेयरका लाग आवेदन भरेका हुन्। यसको आईपीओमा यही असार २८ गतेसम्ममा आवेदन दिन पाइन्छ।