मानवीय क्रियाकलापले जोखिममा जाजरकोट सदरमुकाम

सुर्खेत : भिरालो जमिनमाथि घरमाथि घर। त्यही भिरालो जमिनमा जबरजस्ती टाँसेर निर्माण गरिएका दुई वित्ते सडक निर्माण । सडकमा दुर्घटना पर्नेगरी पार्किङ गरिएका सवारी साधन।जाजरकोट सदरमुकाम भेरी नगरपालिका–४ शान्तिचौतारादेखि वडा नम्बर ३ को तल्लो थाप्ले सम्मको दृश्य हो यो। यही भूभाग भित्र जिल्लाका सबै सरकारी कार्यालय छन्। स्थानीय सरकारको रूपमा रहेको भेरी नगरपालिका जाने र आउने बाटो समेत यहीँ छ। जाजरकोट–डोल्पा खण्डको एक भाग ( भेरी करिडोर) समेत यही सडक हो।राति पानी पर्न थालेपछि यहाँक