कञ्चनपुरमा मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु गरेको छ।

सम्बन्धित सामग्री

लमजुङमा दुर्घटना कम गर्न ट्राफिक व्यवस्थापन अभियान सुरु

लमजुङ- जिल्ला प्रहरी कार्यालय लमजुङले ट्राफिक व्यवस्थापन अभियान सुरु गरेको छ । दुई पाङ्ग्रे सवारी साधनलाई लक्षित गरी प्रहरी कार्यालयले लमजुङबाट यस अभियानको सुरुवात  गरेको हो । नेपालमा हुने दुर्घटनामध्ये दुई पाङ्ग्रेको सङख्या अत्यधिक छ, दुई पाङ्ग्रे सवारी साधनबाट हुने दुर्घटनाको उच्च जोखिम कम गर्न बेसीशहरमा ट्राफिक व्यवस्थापन अभियान सञ्चालन गरीएको जिल्ला प्रहरी कार्यालय लमजुङका […]

कुश्मामा स्वास्थ्य रक्षा लक्षित अभियान

पर्वत (अस) । पर्वतको कुश्मा नगरपालिकामा ‘स्वास्थ्य रक्षाका लागि कुश्मा नगरपालिका’ अभियान सञ्चालन गरिएको छ । नगरपालिकाले विशेषगरी ज्येष्ठ नागरिकमा रहेको नसर्ने रोग पहिचान र निदानका लागि अभियान सुरु गरेको हो । ‘स्वास्थ्य रक्षाका लागि कुश्मा नगरपालिका’ अभियानअन्तर्गत १४ वटै वडामा पुगेर रक्त परीक्षण गर्ने कार्यक्रम सुरु भएको छ । स्वास्थ्य शाखाले कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट कार्यक्रम सुरु गरी अभियान थालेको नगरपालिकाका स्वास्थ्य सह–संयोजक यामप्रसाद शर्माले बताए ।  कटुवाचौपारीमा आयोजित शिविरमा ३ सय जनाको रक्त परीक्षण गरिएको छ । अधिकांशमा मधुमेह, उच्च रक्तचाप, तथा बाथ रोगजस्ता नसर्ने रोग देखिएको परीक्षणबाट पुष्टि भएको छ । ३९ जनामा उच्च रक्तचाप, २२ जनामा मधुमेहको उच्च जोखिम रहेको पाइएको छ भने अन्यमा सामान्य अवस्था रहेको स्वास्थ्य सह–संयोजक शर्माले जानकारी दिए ।   ज्येष्ठ नागरिकमा नसर्ने रोग लाग्ने र समयमै परीक्षण गरी थप उपचार गर्न सहज होस् भनेर नगरपालिकाले यो कार्यक्रम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए ।  रोगले थलिएपछि उपचारका लागि जाने धारणा समाजमा रहेको अवस्थामा यो अभियानले बेलैमा रोग पहिचान र निदान हुने हुँदा नगरपालिकाले अभियान चलाएको गुरुङको भनाइ छ । नसर्ने रोगको पहिचान शिविर नगरपालिकाका सबै वडामा सञ्चालन हुने नगरप्रमुख रामचन्द्र जोशीले बताए । ‘कुश्मा बजारदेखि दूरदराजसम्म पुगेर स्वास्थ्यकर्मीले शिविर सञ्चालन गरी बिरामीको पहिचान र उपचार गरिनेछ’, जोशीले भने । उपप्रमुख सीता काफ्ले लामिछानेले विशेषगरी जेष्ठ नागरिकलाई नसर्ने रोग लाग्ने भएकाले उनीहरूको जीवनरक्षाका लागि विशेष ख्याल गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरिएको बताइन् । नगरपालिकाले शिविरमा नआउनेलाई घरमै पुगेर सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएको उपप्रमुख लामिछानेले जानकारी दिइन् । कुश्मा नगरपालिकाले सबै स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी व्यवस्थापन गर्न प्रदेश सरकारसमक्ष माग गरेको उनको भनाइ छ ।