बेलायतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगे पनि सरकारले इंग्ल्याण्ड प्रवेश गर्ने यात्रुको लागि थप सहज बनाउने भएको छ । हाल जारी नियम अनुसार बेलायत आउनुअघि र बेलायत आएको दोस्रो दिनमा अनिवार्य पीसिआर टेष्ट गर्नुपर्दछ । आउँदो शुक्रबार बिहान ४ बजेबाट पूर्ण रुपमा खोप लगाएकाहरुले इंग्ल्याण्ड आउँदा पीसीआर टेष्ट गर्न नपर्ने भएको छ । अनिवार्य पीसीआर टेष्टका कारण इंग्ल्याण्ड आउन निरुत्साहित भएको भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ नियमबाट यात्रुलाई थप सहज हुने बताएका छन् ।यसैगरी इंग्ल्याण्ड आइसकेप