परवीन बाबी : पागलखानामा हाँसेरै बिताइन् दिन, थुप्रै अफेयर तर अन्तिममा कोही रहेन, ३ दिनपछि भेटियो शव

 दिवार, अमर अकबर एन्थोनी, सुहाग, काला पत्थर, द बर्निङ ट्रेन, शान र कालियाजस्ता उत्कृष्ट फिल्ममा अभिनय गरेकी परवीन बाबीको आज ६८ औँ जन्मजयन्ती हो । जुन समयमा नायिका भारतीय नारीको लुकले चिनिन्थे त्यतिबेला परवीन आफ्नो बोल्ड र वेस्टर्न लुकले चर्चित भइन् । परवीनले जति तीब्र गतिमा सफलता हासिल गरिन् त्यसै गतिमा उनी गुमनामको दुनियाँमा पनि गइन् । परवीन अचानक सेटबाट गायब भइन्, यस्तो हुनुमा उनको अन्डरवर्ल्डसँगको सम्बन्धलाई कारण बताइयो ।परवीनको डेनी डेन्जोङ्पा, महेश भट्ट, कबिर बेदीसँग नाम जोडियो । उनको