अमेरिकी दूतावासहरूमा वायु गुणस्तर निगरानी बन्द भएपछि प्रभावित शहरहरूमा प्रदूषण ३० प्रतिशतले बढ्यो

अमेरिकाले विभिन्न देशमा रहेका आफ्ना दूतावासहरूबाट गर्दै आएको वायु गुणस्तर निगरानी कार्यक्रम बन्द गरेपछि ती शहरहरूमा वायु प्रदूषण उल्लेख्य रूपमा बढेको एक अध्ययनले देखाएको छ। ‘प्रोसीडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्स’ पत्रिकामा प्रकाशित अध्ययन अनुसार अमेरिकाले उक्त कार्यक्रम हटाएपछि अध्ययन गरिएका क्षेत्रहरूमा भू-उपग्रहबाट लिइएको तथ्यांक अनुसार प्रदूषण २४ देखि ३३ प्रतिशतसम्म बढेको पाइएको छ। […]