राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सेनाले किसानको विकास बिना देशको विकास हुन नसक्ने भन्दै देशको समग्र आर्थिक, सामाजिक र राजनैतिक विकासको नीतिमा किसानलाई समेटिने पर्नेमा जोड दिएका छन् ।
बिहीबार राष्ट्रिय किसान आयोगसँगको छलफल कार्यक्रममा उनले कृषि र किसान नै देशको पहिचान बनेको आजको स्थितिमा उच्च शिक्षा अध्ययन गरेको जनशक्ति समेत यस क्षेत्रमा संलग्न हुन चाहने वातावरण तयार गरिनुपर्ने बताए ।
अध्यक्ष तिमिल्सेनाले आयात प्रतिस्थापन गर्दै कृषि उत्पादनका उपजले निर्यातमुखी अर्थतन्त्र बन्न सक्ने कुरामा पनि जोड दिए ।
यसै...