खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौँ– खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक शेयर निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता सोमबार गरिएको छ । सम्झौतामा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश […]

सम्बन्धित सामग्री

इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तले पाए आईपिओ निष्काशन अनुमति

इस्टर्न हाइड्रोपावर र खप्तड लघुवित्तले  आईपिओ निष्काशन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले इस्टर्नलाई साउन ९ गते र खप्तडलाई साउन १० गते अनुमति प्रदान गरेको हो । इस्टर्न हाइड्रोपावर कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ । त्यस्तै  खप्तड लघुवित्त वित्तीय संस्था बैशाख ११ गते बोर्डमा आवेदन दिएको थियो । कमपनीले  सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ  । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड हुनेछ। सुदूरपश्चिममा कार्यक्षेत्र रहेको यस लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ  । शेयर निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

खप्तड लघुवित्तको साधारणसभा आह्वान, आईपिओ निष्काशन सहितका यस्ता छन् ८ प्रस्ताव

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २४ गते शनिवार अत्तरियाको होटेल नमस्तेमा सभा आह्वान गरेको हो ।  सभामा आईपिओ निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आईपिओ निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिसकेको छ ।कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड रहनेछ । खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ  ।यस्ता छन् कम्पनीको स्वाहामा पेश हुने प्रस्ताव :  सामान्य प्रस्ताव: १. संचालक समितिको तर्फबाट अध्यक्षज्यू द्वारा प्रस्तुत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने । २. लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. ०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाहको विवरण तथा सम्बन्धित अनुचिहरु पारित गर्ने । ३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७०/७१ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरिक्षक श्री वस्याल एण्ड एशोसियट्स चार्टड एकाउन्टेण्ट्स पुन. नियुक्ति हुन योग्य हुनुहुन्छ।। ४) सर्वसाधारणको लागि शेयर (IPO) निष्काशन गर्ने ।  विशेष प्रस्ताव १ वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा ।२. यस वित्तीय संस्थामा अन्य लघुवित्त वित्तीय संस्था वा अन्य लघुवित्त वित्तीय संस्थामा यस वित्तीय संस्था गाभ्ने गाभिने वा प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा मर्जर प्राप्ति समितिको गठन गर्ने, उपयुक्त संस्था संग सम्झौतापत्रमा हस्ताक्षर (Memorandum Of Understanding) गर्ने, सम्पती तथा दायित्वको मुल्यांकन (Due Diligence Audit) गर्ने गराउने, शेयर आदन प्रदान अनुपात तय गर्ने, गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता गर्ने लगायतका आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा । ३. यस वित्तीय संस्थाको आ.व. २०७६/७७ र २०७७/७८ मा भए गरेका कारोबार तथा सम्पूर्ण काम कारबाहीहरुको अनुमोदन गर्ने सम्बन्धमा। ४. वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो बमोजिम आवश्यकतानुसार थपघट, परिमार्जन, संशोधन र सच्याउन बित्तीय संस्थाको सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

खप्तड लघुवित्तले आईपिओ निष्काशन गर्ने, प्रभु क्यापिटल बिक्रि प्रबन्धक नियुक्त

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारणको शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ । कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको हो ।बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा  खप्तड लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।  खप्तडको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको छ  । कम्पनीले सर्वसाधारणलाई १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड रहनेछ ।