नेपाल—भारत रेल चलाउन माग गर्दै कोशी ब्यारेजवासीको आन्दोलन घोषणा

हनुमाननगर : भारत रेलसेवा सञ्चालनको माग गर्दै सीमावर्ती क्षेत्र कोशी ब्यारेजको नेपाल र भारत दुवैतर्फका स्थानीयले आन्दोलन गर्ने भएका छन्। कोशी ब्यारेजस्थित नेपाल—भारत सीमामा बसेको ब्यारेजको दुवैतर्फका बासिन्दाका प्रतिनिधिहरूले रेल सेवा सञ्चालन गर्न माग गर्दै आन्दोलन गर्ने निर्णय गरेका हुन्। रेल सञ्चालनका लागि भारतीय पक्षले नेपाली पक्षको समेत समर्थन जुटाएर संयुक्त आन्दोलन गर्ने भएका छन्। सन् २०११ मा सम्पन्न कोशी सम्झौताअनुसार विसं २०१६ देखि २०४० सालसम्म भारतको भीमनगर हुँदै धरानको फुस्रे...