नेपाल राष्ट्र बैंकको हालैको अध्ययनले सहुलियतपूर्ण कृषि कर्जामा व्यापक दुरुपयोग भएको पुष्टि गरेको छ। खेतीयोग्य जमिन अत्यन्त सीमित रहेको काठमाडौँ उपत्यकामा मात्रै करिब ६४ अर्ब रुपैयाँ कृषि कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएपछि सरकारद्वारा उपलब्ध गराइने सहुलियत कर्जा वास्तविक किसानभन्दा टाठाबाठाको पहुँचमा पुगेको स्पष्ट भएको छ। बागमती प्रदेशका १३ जिल्लामा कूल १ खर्ब २१ अर्ब […]
काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुसी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा फ्लड लाइटमा सुरु हुँदै छ। सहरी विकास मन्त्रालयले त्रिवि क्रिकेट स्टेडियमको पहिलो चरणको निर्माणपछि नेपाल क्रिकेट संघ (क्यान)लाई आइतबार हस्तान्तरण […]
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देश गरेको छ। मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले आज (आइतबार) सूचना जारी गर्दै कर्मचारीलाई आफ्नो आचारण र कर्तव्य पालना गर्न निर्देशन गरिएको जानकारी दिए। मन्त्रालयअन्तर्गतका विभाग, प्रतिष्ठान, अस्पताल, स्वास्थ्य संस्था र कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले कानुनले निर्धारण गरेको आचारसम्बन्धी व्यवस्था पूर्ण कार्यान्वयन नगरेको […]
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मधेश प्रदेश कार्यालय मातहतका शाखा कार्यालयका कर्मचारीहरूका लागि बर्दिबासमा जोखिम व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धनसम्बन्धी तालिम सम्पन्न गरेको छ। दुई दिनसम्म चलेको तालिम कात्तिक २८ र २९ गते आयोजना गरिएको हो। लघुवित्तकाअनुसार, उक्त तालिममा सहायक कार्यकारी प्रमुख दिनेश कटुवाल मुख्य प्रशिक्षकका रूपमा रहेका थिए। साथै असुली तथा जोखिम व्यवस्थापन विभागका प्रमुख […]
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको छ। अब कांग्रेस केन्द्रीय कार्यालयमा मंसिर ४ गते दिउँसो २ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइएको छ। यसअघि भोलि (मंसिर १ गते) सोमबार दिउँसो २ः०० बजे बस्ने भनिएकोमा उक्त बैठक ४ गतेलाई सारिएको हो। यसअघि शनिबार बस्ने भनिएको बैठक १ गतेलाई […]