रेडक्रसकर्मीको भेला - 'नेपाल रेडक्रस ऐन जारी गरियोस्'

रेडक्रसकर्मीहरुको राष्ट्रिय भेलाले नेपाल रेडक्रस सोसाइटीमा जारी गतिरोधको अन्त्य गरिदिन सरकारसँग माग गरेको छ । नेपाल रेडक्रस सोसाइटी वाग्मती प्रदेश समितिले मंगलबार गरेको राष्ट्रिय भेलाले १० बुँदे विभिन्न प्रस्तावहरु पारित गर्दै नेपाल रेडक्रस सोसाइटी ऐनमार्फत सञ्चालन हुनु उपयुक्त हुने भन्दै तत्काल नेपाल रेडक्रस सोसाइटी ऐन जारी गर्न सरकारसँग माग गरेको छ ।

सम्बन्धित सामग्री

नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न सभामुखको आग्रह

सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गरेका छन्।  नेपालको  विवाद समाधानका लागि काठमाडौं आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा सभामुख घिमिरेले...

नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा विरोध प्रदर्शन

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा एक समूहले विरोध प्रदर्शन गरेका छन् । रेडक्रस सोसाइटीले मंगलबार काठमाडौंमा वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्र विषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको थियो । तर असन्तुष्ट पक्षले रेडक्रस भित्र विधिको शासन कायम लागू गर, रेडक्रसलाई निजी कम्पनी नबनाउँ, अदालतको आदेश पालना गर लगायतका […]

नेपाल रेडक्रस कार्यालयमा प्रहरी हस्तक्षेप (फोटोफिचर)

काठमाडौं, २१ असार। नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । अघिल्लो सरकारले गठन गरेको रेडक्रसको तदर्थ समितिका पदाधिकारी कार्यालय प्रवेश गर्न लागेपछि मंगलबार बिहान प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई प्रवेशमा रोक लगाएको हो । सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको हो । रेडक्रस तदर्थ समितिका अध्यक्ष नेत्रराज […]

नेपाल रेडक्रस कार्यालयमा प्रहरी हस्तक्षेप (फोटो फिचर)

काठमाडौँ– नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । अघिल्लो सरकारले गठन गरेको रेडक्रसको तदर्थ समितिका पदाधिकारी कार्यालय प्रवेश गर्न लागेपछि मंगलबार बिहान प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई प्रवेशमा रोक लगाएको हो । सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको हो । रेडक्रस तदर्थ समितिका अध्यक्ष नेत्रराज तिमिल्सिनालगायत […]

सनराइज बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई २ लाख सहयोग

बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाका सभापति शिवप्रसाद गौतमलाई रकमबराबरको चेक बिहीबार हस्तान्तरण गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी इलाम शाखालाई सनराइज बैंकको आर्थिक सहयोग

काठमाडौं । सनराइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम शाखाको भवन निर्माणका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सनराइज बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका सभापति शिवप्रसाद गौतमलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक रकम हस्तारण कार्यक्रममा सनराइज बैंकका प्रदेश १ का प्रमुख विवेक निरौला, इलाम […]

नेपाल रेडक्रस उपशाखाद्वारा उज्यालो सहकर्मी भावुक योगी सम्मानित

बर्दिया - बर्दियाका उज्यालो सहकर्मी भावुक योगी सम्मानित हुनुभएको छ । नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा नगर उपशाखा बर्दियाको २६ औँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा याेगीलाई सम्मान गरिएकाे हाे ।  नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाका उपाध्यक्ष एवम् रेडियो टाइगरका प्रबन्धकसमेत रहनुभएका बर्दियाका उज्यालो सहकर्मी योगी सम्मान पत्रसहित सम्मानित हुनुभएको हो ।  ठाकुरबाबासहित जिल्लाभरका नागरिकलाई कोभिड-१९, आगलागी, शीतलहर, बाढी लगायतका प्रकोपका घटनाहरु प्रति सचेत रहनका लागि सञ्चा...

नेपाल रेडक्रस सोसाइटीमा तदर्थ समिति गठन

काठमाडौँ । सरकारले नेपाल रेडक्रस सोसाइटीमा पुनः तदर्थ समिति गठन गरेको छ । मन्त्रिपरिषद्को हिजो (बुधबार)को बैठकले प्राध्यापक सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । प्राध्यापक नेपाल सोसाइटीका पूर्व उपाध्यक्ष हुन् । तदर्थ समितिको उपाध्यक्षमा विष्णुराज नेपाल र राधा नेपाली, महामन्त्रीमा भुपतिलाल श्रेष्ठ, कोषाध्यक्षमा कृष्णगोपाल लागेजु, उपमहामन्त्रीमा मनोजकुमार थापा र भगवती […]