कार्यविधिको पर्खाइमा पोडवे

काठमाडौं । वैकल्पिक यातायातका रूपमा परिभाषित गर्दै हालै सरकारले मान्यता दिएको पोडवे कार्यविधिको पर्खाइमा छ । यातायातको नयाँ प्रविधि पोडवेसम्बन्धी कानून नेपालमा नहुँदा यसका पूर्वाधार बन्न सकेको छैन ।  हालैको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली २०७४ लाई संशोधन गरी पोडवेलाई कानूनी मान्यता दिएको छ । तर यो सञ्चालनका लागि नीति बनेको छैन । पोडवेलगायत नयाँ प्रविधिका यातायात नीति, कानून तथा मापदण्ड बनाउने अधिकार सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिएको छ । अहिले आफूहरू कार्यविधिको पर्खाइमा रहेको काठमाडौं पोडवे प्रालिका सहसंस्थापक नील भट्टराईले बताए । ‘पोडवे, स्काई रेल, स्काई ट्रलिबस, जलमार्गलगायत वैकल्पिक यातायातसम्बन्धी नवीन प्रविधिको पहिचान, अध्ययन, नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने’ अधिकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाइसकेको छ, तर नीतिगत व्यवस्था कहिलेसम्म हुने हो टुंगो छैन । प्रदेश सरकारहरूले पोडवे सञ्चालन गर्ने योजना बनाए पनि संघीय सरकारले कार्यविधि र मापदण्ड नबनाउँदा यसको काम अगाडि बढ्न नसकेको हो । कोशी प्रदेशले जोगबनीदेखि चतरासम्म पूर्वाधार बनाउने योजना बनाएको छ । काठमाडौं उपत्यकामा समेत पोडवे निर्माण गरी सञ्चालन गर्न सकिने बताइएको छ ।  त्यस्तै लुम्बिनी विकास कोषले पोडवे निर्माण गर्न दिने निर्णय गरेको छ । सडक पूर्वाधार विकास गर्न भौगोलिक कठिनाइ रहेको कर्णाली प्रदेशले बजेटमार्फत पोडवे विकास गर्ने योजना ल्याएको छ । प्रदेश सरकार तथा स्थानीय तह संघीय सरकारले बनाउने नीति र मापदण्डको पखाईमा छन् ।  राष्ट्रिय योजना आयोगले १६औं योजनाको मस्यौदामा पोडवेलाई सार्वजनिक यातायातका रूपमा राखेको छ । माघ अन्तिमसम्म १६औं योजना पास गर्ने कार्यतालिका छ । पोडवे झट्ट हेर्दा केबलकार जस्तै देखिए पनि कम लागतमा पूर्वाधार तयार गर्न सकिने जानकारहरू बताउँछन् । काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रमा छुट्टै ‘राइट अफ वे’ नचाहिने हुँदा मुआब्जालगायतको समस्या नहुने काठमाडौं पोडवेले बताएको छ । विज्ञहरूका अनुसार अहिले मेट्रोरेलको एक किलोमिटर ट्र्याक बनाउन अर्बौं रुपैयाँ लाग्छ भने ४० अर्बमा पोडवेको सय किलोमिटर ट्र्याक बनाउन सकिन्छ । नेपालका स्थानीय स्रोतसाधन प्रयोग गरे त्यो रकम अझ कम हुन सक्ने बताइएको छ । सोहीकारण यात्रुले प्रतिकिलोमिटर १० रुपैयाँभन्दा कम शुल्कमा यात्रा गर्न सक्ने काठमाडौं पोडवेका सहसंस्थापक भट्टराईले बताए । पोडवेमा सामान ढुवानी गर्दा पनि खर्च कम लाग्ने भट्टराईले बताए । ‘अहिले वीरगञ्जदेखि चोभारसम्म आउने एउटा ट्रकले २० टन सामान ल्याएको भाडा ६५ देखि ७० हजार रुपैयाँसम्म लिन्छ । सोही दूरीमा पोडवेमार्फत करीब १३ हजार रुपैयाँमा सय टन सामग्री ल्याउन सकिन्छ,’ उनले भने । के हो पोडवे ? पोडवे करीब ४० वर्षअघि बेलारुसमा अनुसन्धान भएर प्रमाणित यातायात प्र्रणाली हो । यसलाई पर्सनल र्‍यापिड ट्रान्जिट (पीआरटी) पनि भनिन्छ । पीआरटीमा सामान्यतया प्रतिगाडी ३ देखि ६ जनासम्म यात्रु बस्न मिल्छ । यसलाई ‘ननस्टप’, ‘पोइन्ट टू पोइन्ट’ यात्रा गर्न प्रयोग गरिन्छ । त्यही पीआरटी सवारीसाधनमध्ये पोडवे एक हो । पोडवे सार्वजनिक यातायात सञ्चालनको सञ्जाल निर्माणको सबैभन्दा सस्तो प्रविधि मानिन्छ । सडक यातायात, रेल वा केबलकारभन्दा यो प्रविधि निकै सस्तो मानिन्छ । जानकारहरूका अनुसार पोडवे निर्माणका लागि प्रतिकिलोमिटर ३ मिलियन (३० लाख) अमेरिकी डलर खर्च लाग्छ । यो भनेको करीब ४० करोड रुपैयाँ हो । पोल, तारलगायत नेपालकै उत्पादन प्रयोग गरेर पोडवे निर्माण गर्दा लागत अझ कम हुन सक्ने काठमाडौं पोडवेको अनुमान छ । पोडवे तारमा गुड्ने प्रविधि हो । सन् २०२० मा युरोप र अमेरिकाले यो प्रविधिको सुरक्षा मापदण्ड प्रमाणित गरिसकेका छन् । त्यसबाहेक चीन, भारत, अस्ट्रेलिया, क्यानडा र रुसले पनि मापदण्ड तय गरिसकेका छन् । यो प्रविधि भूकम्प प्रतिरोधात्मक समेत हुन्छ । युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत ठाउँमा पनि यो प्रविधि राख्न अनुमति दिएको छ ।

सम्बन्धित सामग्री

संरक्षणको पर्खाइमा डडेल्धुराको अजयमेरुकोट

डडेल्धुराको अजयमेरुकोट संरक्षणको पर्खाइमा छ। तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको अजयमेरुकोट अहिले जीर्ण अवस्थामा छ।...

मुस्ताङको लुङबुक गुफा पर्यटकको पर्खाइमा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुङबुक गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुङबुक गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडा अध्यक्ष सुरेन्द्र गुरुङले अनौठा आकृति देख्न सकिने लुकबुङ गुफा पर्यटकको पर्खाइमा रहेको बताउनुभयो । “जोमसोम–कागबेनी–मुक्तिनाथ सडक भएर लाखौँ भक्तजन र पर्यटक आवतजावत गरे पनि […]

जीर्णोद्धारको पर्खाइमा कविलासपुरगढी

भरतपुरको ऐतिहासिकस्थल कविलासपुरगढी जीर्णोद्वारको पर्खाइमा छ। सेन राजाको शासनकालमा निर्माण भएको यो गढी विसं १८३६ सम्म ग्रीष्मकालीन राजधानी थियो।...

संरक्षणको पर्खाइमा ‘गोल्मा दरबार’

रौतहट–  रौतहटको चन्द्रपुर नगरपालिका–१ मा रहेको शेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी अहिले गोल्माराजा बौद्ध बिहार जुटेको छ ।  उक्त क्षेत्रको विकासका लागि थाइल्याण्डले सहयोग गर्ने भएको छ । यही १० मंसिरमा […]

पर्यटकको पर्खाइमा हेलम्बु

काठमाडौँ- कुनै बेला स्याउका लागि प्रसिद्धि कमाएको सिन्धुपाल्चोकको पर्यटकीयस्थल हेलम्बु यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पछिल्ला वर्षमा कोरोना महामारीसँगै आन्तरिक तथा बाह्य पर्यटक क्रमशः घट्दै जाँदा सुन्दर रमणीय हेलम्बु पर्यटकको पर्खाइमा रहेको हो । काठमाडौँबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै साँखु नाङ्लेभारे ६८ किलोमिटर वा वैकल्पिक बाटो कोटेश्वर–बनेपा–जिरोकिलो–सिपाघाँट हुँदै एक सय नौ किलोमिटर बाटोमा […]

ऐतिहासिक क्षणको पर्खाइमा नेपाली चेली

बंगलादेशलाई हराएको खण्डमा नेपाली महिला फुटबल टोलीका लागि सोमबार विशेष दिन बन्न सक्छ। जसका लागि नेपाली महिला टोली लामो समयको पर्खाइमा थियो।...

जहाजको पर्खाइमा सर्वसाधारण

काठमाडौँ,११ जेठ । जिल्ला बाहिर जान सिमकोट विमानस्थलमा जहाजको पर्खाइमा बसेका हुम्लाका विद्यार्थी र सर्वसाधरण । जहाज भने आइपुगेको छैन । तस्बिरः दाने बोहरा ÷रासस

दाउरा बनी जल्ने दिनको पर्खाइमा बसेको छु

अब केवल ढल्ने दिनको पर्खाइमा बसेको छु, दाउरा बनी जल्ने दिनको पर्खाइमा बसेको छु। मकिएर गए जरा, हाँगाबिँगा मर्न थाले, छहारीमा बस्नेहरू अन्तै बसाइँ सर्न थाले।...

तिम्रो पर्खाइमा

हो, तिम्रो पर्खाइमा  ती कोमल गुलाफहरु सुकेको पतिङ्गर भएछ तर म अझै थाकेको छैन मेरा यी आँखाहरु  अझै निदाएका छैनन्

पल्पसा भन्छिन्–‘धेरै ठिक भएँ, अब मृगौला प्रत्यारोपणको पर्खाइमा छु’

कलाकार पल्पसा डंगोल मृगौला प्रत्यारोपणको पर्खाइमा छिन् । अनलाईनखबरसँग कुरा गर्दै पल्पसाले आफू मृगौला प्रत्यारोपणको पर्खाइमा रहेको जानकारी दिइन् । उनले भनिन्–‘परिवारबाटै मृगौला दिँदै हुनुहुन्छ । मृगौला दिनेको र मेरो स्वास्थ्य चेकजाँच भैसकेको छ । सरकारी कामहरु भने बाँकी छ । दशैं तिहारपछि प्रत्यारोपण गर्ने तयारी छ ।’ उनका अनुसार त्रिवी शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण […]