एक महिनामै नेपालबाट ३० टन गोलभेडा भारत निर्यात

भारतमा उत्पादन घट्दा नेपालबाट एक महिनामै ३० टन गोलभेडा निर्यात भएको छ । उत्पादनमा आएको गिरावटले भारतमा गोलभेडाको भाउ आकासिएपछि चालु आर्थिक वर्षको साउन २८ गतेसम्म एक महिनाको अवधिमा काकडभिट्टा र भैरहवा नाकाबाट उक्त परिमाणको गोलभेडा निर्यात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

गोलभेडाको अर्थशास्त्र

भारतबाट नआए गोलभेडा खान पाइँदैन भन्ने अवस्थामा सुधार हुँदै अहिले नेपाली गोलभेडा भारततर्फ निकासी गर्न थालिएको छ । केही समय अघिसम्म भारतीय गोलभेडाका कारण नेपाली किसानले बजार पाउन नसकेको भनी सडकमा फाल्ने अवस्था समेत थियो । अहिले जसरी नेपाली गोलभेडा भारत निकासी हुन थालेको छ यसले बजारको नयाँ सम्भावनालाई देखाएको छ । भारतमा सधैं कृषि उपजको उत्पादन समान हुँदैन । नेपालमा पनि उत्पादन समान हुँदैन । यस्तोमा एक देशमा बढी उत्पादन भएको र अर्को देशमा कम उत्पादन भएको अवस्थामा दुवै देश मिलेर कृषि उपजको बजार व्यवस्थापन गर्दा दुवै मुलुकलाई लाभ मिल्न सक्छ भन्ने यसले देखाएको छ ।  भारतको संसद्मा नै नेपालबाट गोलभेडा मगाउने कुरा मन्त्रीले जवाफ दिनु भनेको नेपालको कृषि उत्पादनका लागि निकै राम्रो सन्देश हो । भारतको मागलाई नेपालको उत्पादनले १ प्रतिशत पनि सम्बोधन गर्न सक्दैन होला तर अप्ठ्यारो परेको बेला उसलाई छिमेकीको उत्पादनले पनि राहत दिने रहेछ । त्यसो हुँदा दुवै देशले कृषि उत्पादनका लागि केही रणनीतिमा साझेदारीका साथ काम गर्र्नुपर्ने देखाएको छ । कृषि उत्पादन सरकारी नीति र निजीक्षेत्रको लगानीले मात्र बढ्छ भन्ने होइन । सबै प्रयास गर्दा पनि प्रकृतिमा आएको सामान्य फेरबदलले फरक पार्ने रहेछ । खासगरी चाँडै नष्ट हुने गोलभेडाजस्ता कृषि उत्पादनमा दुवै देश संवदेनशील हुनुपर्ने अहिलेको परिघटनाले सिकाएको छ । दुवै देशले बजारको लिन्केज जोडिराख्नुपर्ने कुरालाई यसले देखाएको छ । भारतीय उत्पादनलाई सराप्ने र त्यसले गर्दा नेपाली उत्पादन फाल्न परेको भाष्य स्थापित गरिएको छ । यस्तो प्रवृत्ति पनि आत्मघाती हुन्छ । व्यापारमा दुवै पक्ष लाभान्वित हुने खालको हुनुपर्छ । भारतसँग प्रतिस्पर्धै गर्न सकिँदैन भन्ने पनि होइन रहेछ भन्ने कुरा आँप र अहिले गोलभेडाले देखाइदिएको छ ।  नेपालले अहिले काँचो गोलभेडामात्रै निर्यात गरेको हो । निर्यात नभएको भए शायद अहिले पनि गोलभेडाले मूल्य नपाएर किसानहरू चिन्तामा पर्नुपथ्र्यो । त्यसैले गोलभेडालाई प्रशोधित गरेर बजार पठाउने व्यवस्थाका लागि पहल हुनुपर्छ । खाद्य प्रशोधन उद्योग खोलेर यस्ता वस्तुको खपत बढाउन सकिन्छ । गोलभेडाबाट केचप बनाउने उद्योग प्रशस्त भए भने यो सहजै विक्री हुन्छ । गोलभेडाजस्तै अन्य कृषि उपजमा पनि बेलाबेलामा यस्तै भएको पाइन्छ । प्याज, कागती जस्ता कृषि उपजमा पनि यस्तो अवस्था देखापरेको पाइन्छ । नगदे बालीका रूपमा मानिएको अदुवा र अलैंचीमा पनि यस्तै भइरहेको छ । उता बढी उत्पादन भए नेपाली उत्पादनले मूल्य र बजार नपाउने उता कम उत्पादन भए राम्रो मूल्य पाउने अवस्था छ । भारतले नेपालबाट कच्चा पदार्थका रूपमा अलैंची र अदुवा लैजाने र उसले प्रशोधित गरी अन्य देशमा बेच्ने गरेको पाइन्छ । नेपालले आफै प्रशोधन गरेर तेस्रो मुलुकमा बेच्न सक्ने हो भने कृषि वस्तुले दिगो बजार र राम्रो मूल्य पाइरहन सक्छ ।  आँपको सिजन सकिन लागेको छ । आँपमा पनि नेपाल आत्मनिर्भर जस्तै देखिन थालेको छ । तर, नेपालको आँप १ महीना मात्रै बजारमा देखिन्छ र यो निकै सस्तोमा विक्री हुन्छ । त्यसपछि भारतबाट आयात हुने आँपमै निर्भर बन्नुपर्छ । त्यस्तै आँपको जुसका लागि कच्चा पदार्थ तेस्रो मुलुकबाट ल्याएर जुस बनाई भारत निर्यात भइरहेको छ । यसमा समेत सुधार गर्न नेपाल र भारतको कृषि बजारलाई जोड्न सक्नुपर्छ । वास्तविकता बुझ्नुभन्दा भारतीय उत्पादनलाई सराप्ने र त्यसले गर्दा नेपाली उत्पादन फाल्न परेको भाष्य स्थापित गरिएको छ । यस्तो प्रवृत्ति पनि आत्मघाती हुन्छ । व्यापारमा दुवै पक्ष लाभान्वित हुने खालको हुनुपर्छ । भारतसँग प्रतिस्पर्धै गर्न सकिँदैन भन्ने पनि होइन रहेछ भन्ने कुरा आँप र अहिले गोलभेडाले देखाइदिएको छ । यस्तो लाभ क्षणिक हो तैपनि यसले सम्भावना भने नयाँ देखाइदिएको छ । त्यसो हुँदा नेपालको कृषि अर्थतन्त्रलाई केही फरक ढंगले बढाउनुपर्ने कुरा गोलभेडामा अकस्मात् देखिएको लाभले सिकाएको छ । यस्ता पाठबाट नयाँ योजना र रणनीति बनाउन सके नेपालको कृषिक्षेत्रले लाभ लिन सक्छ ।

छुटाउनै नहुने आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। एक महिनामै नेपालबाट ३० टन गोलभेडा भारत निर्यात भएको छ। नेपालमा पछिल्लो पाँच वर्षमा ३० अर्ब रुपैयाँ बढीको च्याउ आयात भएको छ। मंगलबार सेयर बजार परिसूचक ३१अंकले घट्दा कारोबार रकम २ अर्ब रुपैयाँमा सीमित भएको छ। पछिल्लो समय नेपालमा विद्युतीय चुलोको आयातसँगै प्रयोग पनि बढिरहेको छ। मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान ९वर्षमा ५प्रतिशत बढी विन्दुले घटेको छ।