पाँच वटा प्रदेशबाट मनसुन बाहिरियो

काठमाण्डाै - देशका पाँचवटा प्रदेशबाट यस वर्षकाे मनसुन पूर्णरुपमा बाहिरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत जानकारी गराएको छ । यस्तै, मधेस प्रदेशको पश्चिमी भू–भागबाट पनि मनसुन बाहिरिएको छ । प्रदेश-१ र मधेस प्रदेशको बाँकी भूभागबाट मनसुन बाहिरिन भने केही दिन लाग्ने महाशाखाले जनाएको छ । यस वर्षको मनसुन जुन ५ अर्थात गएको जेठ २२ गते देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो । औसतमा अक्टोबर २ का...