बागलुङ : शिरमा भेडाको उनबाट बनेको टोपी। शरीरमा कालो र खैरो रंगको मैलिएका कपडा, गोडामा फाटेका चप्पल लगाएका र काँधमा घुम (भेडाको उनबाट बनेको पानी छेक्ने कपडा) बोकेका।बागलुङ र पूर्वी रुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन्। हँसिलो अनुहार र मिजासिलो स्वभाव। निसीखोला गाउँपालिका- ६ का वीरबल घर्ती मगर गोठाले जीवन आनन्दपूर्वक बिताएकोमा सन्तुष्ट छन्।घर्ती प्रायः यो मौसममा यही सेरोफेरोमै भेटिन्छन्। घर्ती एक्लै होइन, उनीसँगै सयौँ काला, सेता र खैरा रंगका भेडा पनि भेटिन्छन्। यिनै भेडाको रेखदेख र गोठाल