काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बम विस्फोटमा परेर मृत्यु हुनेको संख्या ८० नाघिसकेको छ । अमेरिकी सैनिक तथा ठूलो संख्यामा अफगानी नागरिकहरु विस्फोटको शिकार बनेका छन् । यस घटनाको जिम्मेवारी आईएसआईएस खुरासानले लिएको छ । आईएसआईएस–के इराक तथा सिरियामा कुनै समय कब्जा जमाएको आईएसआईएस अर्थात् (ईस्लामिक स्टेट अफ ईराक एन्ड सिरिया) को सहयोगी हाँगा हो । यसले पाकिस्तान र अफगानिस्तानका जिहादीहरुलाई एकजुट गर्ने काम गर्छ । कर्तुततहरु :पछिल्ला वर्षहरुमा निन्दनीय आक्रमणहरूको