पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-६ घर भई काठमाडौं महागरपालिका-३ बसुन्धरा बस्ने ४२ वर्षीय रविन्द्र अधिकारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ४ जनालाई वैदेशिक रोजगारका लागि पोल्याण्ड पठाई प्रतिष्ठित फुड प्याकिङमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी २७ लाख २५ हजार …