काठमाण्डाै – प्रतिनिधि सभाको बुधवारकाे बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदबीच आरोप–प्रत्यारोप भएको छ । बैठकमा सत्तापक्षका सांसदहरूले सरकारले नागरिकको हितमा काम गरेको दाबी गरेका छन् भने विपक्षी दलका सांसदहरूले सरकारले गफ गरेर दिन ठेलिरहेको आरोप लगाएका छन् ।
शून्य समयमा टेकबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदममार्फत विघटन गरेको संसद् अदालतको आदेशपछि पुनर्स्थापना भए पनि सरकारकै कारण संसद्ले बिजनेस नपाएको बताउनुभयो ।
यस्तै डिला संग्रौलाले सरकारले कोरोना प्रभावित मजद...