अमेरिकाको एक स्पेस टेक्नोलोजी कम्पनी मेक्सर टेक्नोलोजिजले थुप्रै स्याटलाइट तस्बिर जारी गरेको छ जसमा पश्चिमी रुसमा सैनिकको नयाँ तैनाथी भएको र उपकरण पनि ल्याइएको दाबी गरिएका छन् ।सयभन्दा बढी गाडी पनि दक्षिणी बेलारुसमा देखिएको बताइएको छ । यी सबै इलाका युक्रेनको सीमा नजिकै छन् । रुस र बेलारुसले पछिल्ला दिनमा व्यापक स्तरमा सैन्य अभ्यास गरेका छन् । तर कसैले पनि ताजा तस्बिरबारे टिप्पणी गरेका छैनन् ।यो तस्बिरले दक्षिणी बेलारुसको माजिर नजिकैको हवाई क्षेत्रमा जम्मा भएका गाडीलाई देखाउँछ ।