त्रिशुली नदीमा माइक्रो खस्दा १८ जना घाइते, एक गम्भीर

काठमाडौं : चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।घाइतेहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटना लगत्तै तीन जनाको अवस्था गम्भीर रहेपनि दुई जनाको स्वास्थ्य अवस्था अहिले सुधार भएकाे अस्पताल प्रशासनले जनाएको छ।सोमबार दिउँसो करिब ४ बजेको समयमा नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफैँ अनियन्त्रित भ