जापानका एक मेयरले पदक टोक्दा सामाजिक सञ्जालमा चर्को आलोचना

टोक्यो ओलम्पिक्समा विजेता खेलाडीहरूले पदकलाई दाँतले टोकेको देखिएकै हो ।  तर जापानको नागोया शहरका मेयर ताकाशी कावामुराले ओलम्पिक्समा स्वर्ण पदक जित्ने सफ्टबल खेलाडी मियु गोटोको पदक टोकेपछि आलोचना खेप्नुपरेको छ ।  कावामुराले गोटोको पदक बेस्सरी टोकिदिँदा पदक फुटेको छ । त्यसपछि ओलम्पिक प्रशासनले गोटोका लागि नयाँ पदक बनाउने भएको छ ।  कावामुराले पदकलाई दाँतले टोक्दा पदक फुटेको आवाज नै आएको थियो ।  घटना सार्वजनिक भएपछि कावामुरालाई सामाजिक सञ्जालमा चर्को आलोचना गरियो । आलोचना भएपछि उनले...