माघ १५, विराटनगर । मोरङ व्यापार संघका नवनिर्वाचित अध्यक्ष नवीन रिजालसहित कार्यसमितिका पदाधिकारीहरुको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी र मोरङका प्रहरी उपरीक्षकलाई भेट गरी मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुमा औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट हुने गरेको अव्यवहारिक शुल्क जरिवाना असुली कार्य तत्काल बन्द गराउन आग्रह गरेको छ ।
रिजालको नेतृत्वमा गएको संघको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसमक्ष ज्ञापनपत्र बुझाउँदै मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रने मालवाहक सवारी साधनहरु फिर्ता जाने क्रममा मोरङ र सुनसरीका केही निकायहरुबाट विभिन्न शिर्षकमा शुल्क जरिवाना असुल्ने कार्य भई रहेको उल्लेख गरेका छन् ।
टोलीले औद्योगिक प्रयोजनले विराटनगर नाका मार्फत नेपाल भित्रनु पर्ने भारतीय सवारी साधनहरु हाल फोरवेशगञ्ज–जोगबनी–विराटनगर सडक खण्डको जिर्ण अवस्थाको मीरगञ्ज पुलका कारण भिमनगर–भन्टाबारी नाकाका लागि रि–रुट भई थप १३० कि.मी. गन्तव्य तय गर्न बाध्य रहेको र त्यसबाट नेपाली आयातकर्ताहरुलाई लागत खर्च बृद्धिको मार परिनै रहेको जानकारी गराएको छ ।
घुमेर आउने र जानुपर्ने अवस्थामा नेपाली पक्षबाट समेत त्यस प्रकारका अनुचित असुली हुँदा स्वदेशी उद्योग व्यवसायलाई थप व्यायभार परेको तथा अन्तरराष्ट्रियस्तरमामा समेत नेपालको प्रतिष्ठामा आँच पुर्याउने कार्य भई रहेको टोलीले जानकारी गराएको छ । त्यसरी हुने अवैध असुली तत्काल रोक्न निर्देशन दिन समेत दुवै निकायका प्रमुखलाई अनुरोध गरिएको छ ।
सुनसरी – मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालबाहक सवारी साधनबाट लिने गरिएको अव्यवहारिक शुल्क-जरिवानाका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञानपन पत्र बुझाएको छ । अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी साधन फिर्ता जाने […]
मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालबाहक सवारी साधनबाट लिने गरिएको अव्यवहारिक शुल्क/जरिवानाका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञानपन पत्र बुझाएको छ । अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी साधन फिर्ता जाने क्रममा मोरङ …
विराटनगर । मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालबाहक सवारी साधनबाट लिने गरिएको अव्यवहारिक शुल्क/जरिबानाका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञानपन पत्र बुझाएका हुन् ।
अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी...