बन तथा बातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक बन विकास कार्यक्रमबाट करिव ३३ लाख घरधुरीहरु लाभान्वित भएको बताएका छन् । शुक्रबार ललितपुरमा भएको सामुदायिक बन दिवस-२०८१ विशेष समारोहमा मन्त्री शाहीले समुदायमा आधारित बन व्यवस्थापन प्रणाली अवलम्बन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय बन संरक्षण एवं व्यवस्थापन गर्ने सरकारको नीति अनुरुप ४ दशक पहिला कार्यक्रम सुरु भएको स्मरण गरे ।