कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । पाँच वर्षअघि निर्माण थालिएको सो अस्पतालको भवन बल्ल अन्तिम चरणमा पुगेको हो । हालसम्म भवन निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि पटकपटक म्याद थप गरे पनि निर्माण सम्पन्न भएको थिएन । अब […]
शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाइ । गोरखाकोे पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुक्किए, शिक्षक हुन् कि परीक्षार्थी भनेर । तर, उनी हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन् । यहाँस्थित भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत उनी हाल […]
जेनेभा । सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको संख्या ३२ बाट बढाएर ४८ पुर्याइने भएको छ । विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिएको हो । फिफाका अनुसार, विश्वव्यापी रूपमा महिलाको फुटबलमा आएको उल्लेखनीय प्रगतिको कदरस्वरूप यो निर्णय लिइएको हो । यसले थप […]
एजेन्सी– इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता आइतबार मे ११ मा ओमानमा आयोजना हुने निश्चित भएको जानकारी दिएका छन् ओमानी पक्षले वार्ताको समय चाँडै घोषणा गर्ने जनाएको छ । उक्त वार्ता ओमानको मध्यस्थतामा भइरहेको हो, जसको उद्देश्य तेहरानको आणविक कार्यक्रम तथा अमेरिकाद्वारा इरानमाथि लगाइएका प्रतिबन्धहरूको समीक्षा र सम्भावित हटाउने उपायहरूसम्बन्धी छलफल गर्नु […]
काठमाडौं– टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै द्वन्द्व पीडित समुदायले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । टीआरसी छनोट प्रक्रिया खारेज गर्दै तत्काल पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरूले आम द्वन्द्व पीडित समुदायलाई पूर्णत […]