विद्युतीय गाडीको एसेम्बल प्लान्ट स्थापना गर्न सम्झौता

रुपन्देहीको सैनामैना नगरपालिका–८ र ९ को नदी उकास जग्गामा विद्युतीय सवारी साधनको एसेम्बल प्लान्ट निर्माण गर्न सैनामैना नगरपालिका र सुन्दर ट्रेडर्स प्रालिबीच सम्झौता भएको छ । सैनामैनाको भडसी, भडसा र शङ्करपुर गरी तीनवटा टोलको करिब १० बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण गर्न नगरपालिकाले सुन्दर ट्रेडर्स प्रालिलाई २५ वर्षका लागि जग्गा लिजमा दिनेगरी आइतबार सम्झौता भएको हो । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले पहिलो चरणमा सु