निजामती सेवा र रेल्वे विधेयक प्रतिनिधिसभाबाट फिर्ता

२२ असोज, काठमाडौं । सरकारले दुई वटा विधेयक फिर्ता लिएको छ । असोज १९ गते बसेको मन्त्रिपरिषदको बैठकले निर्णय अनुसार सरकारले निजामती सेवा विधेयक २०७५ र रेल्वे विधेयक २०७६ फिर्ता लिएको हो । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुबै विधेयक फिर्ताको प्रस्ताव पेश गरेका थिए […]

सम्बन्धित सामग्री

संघीय निजामती ऐनमा सरकारको बेवास्ता, रेल्वे विधेयक फिर्ता

चालू प्रतिनिधिसभा अन्त्य गर्ने तयारी गरिरहेको सरकारले अन्ततः यसपटक पनि संघीय निजामती सेवा ऐन नल्याउने निश्चित भएको छ । प्रतिनिधि सभामा झण्डै २ वर्षदेखि रहँदै आएको विधेयक सरकारको प्रस्तावमा शुक्रवार प्रतिनिधि सभाले फिर्ता गरिदिएको छ । विधेयक फिर्ता गरिएसँगै स्थायी सरकार सञ्चालन गर्ने महत्त्वपूर्ण कानून ल्याउने विषयमा सरकारले पूर्ण रूपमा बेवास्ता गरेको पाइएको छ ।  प्रतिनिधि सभाको शुक्रवारको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधकै बीच विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री ए...