काठमाडौं : यस वर्षको दशैँ झरीमै सकियो। त्यसपछिका केही दिन पनि मौसम पूर्ण रूपले खुल्न सकेन।मनसुन सएिकसँगै झरी र बादलले छोडेपछि भने मौसममा सुधार आएको छ। आकाश नीला देखिएका छन्। टाढाका हिमाल आँखा अगाडि आएका छन्। काठमाडौं उपत्यकाबाट दुई सय किलोमिटर पर भएको विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ।अन्य हिमश्रृंखलाको दृश्य पनि कम्ति मनमोहक छैनन्। शरद ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाबाट देखिने विभिन्न हिमश्रृंखलाले उपत्यकामा बस्ने सर्वसाधारणदेखि विदेशी पर्यटकलाईसमेत लोभ्याएको छ। प्रदुषणका