बीमा समितिले निर्जीवन बीमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकेको प्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । असोज ६ गते समितिले सबै निर्जीवन बीमा कम्पनीहरूको लागि गैर शुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियद दरसम्बन्धी परिपत्र जारी गरेको थियो ।खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियम वृद्धि गरी सोही दरलाई नै न्यूनतम सीमा तोकिँदा एकाएक आयोजनाको लागत बढ्ने महासंघको दाबी छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ