स्रोतविहीन वितरणमुखी बजेट

पछिल्ला केही वर्षदेखि विभिन्न सरकारले बजेटमा वितरणमुखी कार्यक्रमलाई जोड दिँदै आएका छन् । अघिल्ला वर्षहरूमा असहाय वृद्ध तथा असक्तहरूलाई सहारा दिने हेतुले ल्याइएका यस्ता कार्यक्रममा पछिल्लो समय सरकारै पिच्छे प्रतिस्पर्धा हुँदै आएका छन् । हुँदाहुँदा प्रतिस्थापन विधेयकसम्म आइपुग्दा त हातहातमा नगद नै वितरण गर्ने अवस्थासम्म आइपुगेको छ । अघिल्ला वर्षहरूमा जनतालाई सामाजिक सुरक्षा दिने हेतुले […]