विदेश (खाडी मुलुक) पठाइदिनु भनेर रुपेश र उनकै गाउँका मनोज यादवले मुखियालाई ५०/५० हजार रुपैयाँ दिएका थिए । तर केहि दिनपछि अब विदेश नजाने भन्दै दुबैजना रुपैयाँ फिर्ता माग्न थाले ।मुखियाले मनोजको बैंक खातामा ६० हजार र रुपेशको बैंक खातामा ४० हजार फिर्ता गरे । रुपेशले १० हजार रुपैयाँ मनोजबाट लिन भनेका थिए । तर पछि उनीहरु दुबैजना मुखियासँग ब्याज माग्न थाले ।