सुडानका उपराष्ट्रपति माचरको दल र प्रतिद्वन्द्वी समूहबीच झडप हुँदा दर्जनौँको मृत्यु

दक्षिण सुडानको नाइल क्षेत्रमा सरकारी सेना र यहाँका उपराष्ट्रपतिको दल र उहाँ विरोधी गुटहरूबीच शनिबार व्यापक झडपहरू भएका छन् । दक्षिण सुडानका उपराष्ट्रपति रिक माचरको ‘पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन’ (एसपिएलए–आइओ) का प्रतिद्वन्द्वी गुटहरूबीच भएका घातक लडाइँमा दुई उच्च सैनिक अधिकारीसहित दर्जनाँै सरकारी सेनाको मृत्यु भएको माचरका सैनिक प्रवक्ताद्वारा जारी एक वक्तव्यमा उललेख गरिएको छ ।