नेप्से स्थिर, अन्यौलमा लगानीकर्ता

२९ असार, काठमाडौं । सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । नयाँ सरकार गठनसँगै बजेट र मौद्रिक नीतिबारे बढेको अन्यौलताले लगानीकर्ता अलमलमा पर्दा नेप्से परिसूचक १.०१ अंक मात्रैले बढेको हो । बुधबार दोस्रो बजारमा २१४ कम्पनीको चार करोड ४७ लाख  ३६ हजार ५३० कित्ता सेयर ५० हजार ५९१ पटक खरिद बिक्री हुँदा कारोबार […]

सम्बन्धित सामग्री

नेप्से स्थिर, ३ अर्बभन्दा बढीको शेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक स्थिर रहेको छ । यस दिन परिसूचक शून्य दशमलव ०६ अंक घटेर २ हजार ४९ दशमलव ३८ विन्दुमा कायम भएको छ । छोटो समयमै बढेको बजारमा प्रोफिट बुक गरी बसेका लगानीकर्ता 'पर्ख र हेर'को अवस्थामा छन् । सोही कारण बिहीवार बजार बढ्न वा घट्न सकेन । लगानीकर्ता मौद्रिक नीतिलाई कुरेको बसेकाले उनीहरूले शेयर खरीदमा सक्रियता नबढाएको जानकारहरू बताउँछन् ।  बिहीवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १५ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १४ प्रतिशत घटेको छ भने फ्लोट इन्डेक्स शून्य दशमलव ०६ प्रतिशत वृद्धि भएको छ ।  कारोबारमा आएका २८० धितोपत्रको ९७ लाख ५१ हजार ९८५ कित्ता शेयर ६९ हजार ६५५ पटकमा रू. ३ अर्ब ७ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सिटि होटल र रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएको छ । सिटि होटलको शेयर मूल्य रू. ६७७ दशमलव १० र रावा इनर्जीको रू. ३०१ दशमलव ६० पुगेको हो ।  कारोबारमा आएका धितोपत्रमध्ये मोदी इनर्जी लिमिटेडको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर मूल्य १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य रू. २३७ दशमलव ७० मा झरेको छ । शेयर मूल्य घट्नेको सूचीमा दोस्रोमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ६७ प्रतिशत घटेर रू. २५३ मा झरेको छ ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. १८ करोड ५६ लाख बराबरको भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५९७ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा प्रभु बैंकको संस्थापक शेयर छ । उसको रू. १६ करोड ९७ लाख बराबरको  शेयर खरीदविक्री भएको हो ।  यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेको छ । समूहगत परिसूचकमध्ये सर्वाधिक बढ्नेमा होटल तथा पर्यटन समूह छ । उक्त समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ४२ प्रतिशत वृद्धि भएको छ । त्यस्तै परिसूचक घट्नेमध्ये सर्वाधिक घट्नेमा लगानी समूह छ । उक्त समूहको परिसूचक ७८ प्रतिशत घटेको छ ।