प्रदेश सरकार स्थापना भएको करिब साढे २ वर्षको अवधिमा बनाइएका कतिपय कानुनहरु कार्यान्वयनमा समस्या भएपछि बागमती प्रदेश सरकारले एकमुष्ठ रुपमा कानुन संशोधन गर्न लागेको छ । सरकारले एकमुष्ठ रुपमा ३४ वटा कानुन संशोधन गर्नेगरी शुक्रबारको प्रदेशसभा बैठकमा विधेयक दर्ता गराएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले ३४ वटा कानुन संशोधन गर्ने गरी केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा दर्ता गराएका हुन् ।