न्यू डायमन्डलाई चन्द्रागिरी नगरपालिकाको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिकाले न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई मेडिकल र फिटनेस सामग्री हस्तान्तरण गरेको छ । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र उपमेयर लिशा नकर्मीले क्लबकी अध्यक्ष सुनकेशरी माली र प्रशिक्षक कुमार राईलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे । करिब ४ लाख रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको क्लबका प्रशिक्षक कुमार राईले जानकारी गराए […]

सम्बन्धित सामग्री

मातातीर्थ आयुर्वेद औषधालय आफ्नै भवनमा , पञ्चकर्म सहितको आयुर्वेद सेवा दिने

चन्द्रागिरी नगरपालिका स्थित वडा नम्बर ८ स्थित मुहान टोलमा मातातीर्थ आयुर्वेद औषधालयको नवनिर्मित भवनमा आयुर्वेद उपचार पद्धतिबाट सेवा शुरु भएको छ । भाडाको घरबाट सेवा प्रदान गरिरहेको मातातीर्थ आयुर्वेद औषधालयको आफ्नै एकतले भवन मंगलबार उद्घाटन गरेर सेवा सञ्चालनमा आएको हो । चन्द्रागिरी नगरपालिका र वडा नम्बर ८ को संयोजकत्वमा भवनको निर्माण गरीएको हो ।भवनको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले जडिबुटीको प्रशोधन, उत्पादन तथा आयुर्वेदिक अनुसन्धान केन्द्रको स्थापना गर्दै नगर

खेलाडीलाई सम्मानसँगै न्यु डायमन्डलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका वडा नम्वर १३ ले राष्ट्रिय भलिबल खेलाडी तथा फुटबल खेलाडीलाई नगदसहित सम्मानसँगै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई टाइगर कप भलिबलको प्रतियोगिताको लागि बिदाई गरिएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्वर १३ का अध्यक्ष बाल मुकुन्द बिडारीले चन्द्रागिरी नगरपालिका वडा नम्वर १३ का राष्ट्रिय भलिबल खेलाडी (होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स […]

चन्द्रागिरीमा हिउँ खेल्न गएका युवक एक सातापछि मृत भेटिए

काठमाडौंको चन्दागिरीमा हिउँ खेल्न गएका युवक एक सातापछि मृत भेटिएका छन् । चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने २५ वर्षीय दिपक ऋषिदेव पुस १५ मा हिउँ खेल्न जाँदा हराएका थिए । ऋषिदेव मोरङको रंगेली नगरपालिका–९ का स्थानीय हुन् । चन्द्रागिरी नगरपालिका–४ मा पर्ने सामुदायिक वनस्थित चित्लाङ भिरमा उनी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी डिल्लीराम पाण्डेले रातोपाटीलाई बताए ।हिउँ खेलेर सबै परिवार सँगै फर्केको तर विस्तारै आउँछु भनेका ऋषिदेव हराएका थिए । हिउँ खेल्दा उ

थानकोटमा ३० वर्षीय युवक मृत फेला

उनका अनुसार चन्द्रागिरी नगरपालिका वडा नं ४ मा लामाको शव भेटिएको थियो। उनको शव भेटिएपछि अनुसन्धानका लागि एसपी मैनाली घट्नास्थलमा पुगेका छन्।...

वृद्धाश्रमलाई ज्योति बैंकको सहयोग

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रागिरी नगरपालिका–६, मातातीर्थस्थित वृद्धाश्रममा आश्रित वृद्धालाई न्यानो कपडा बाँडेको छ ।...

चन्द्रागिरीबाट महिलाको अपहरण, दुई दिनपछि भक्तपुरबाट सकुशल उद्दार

यही असोज १५ गते चन्द्रागिरी नगरपालिका–३ थानकोटबाट एक महिला अपहरणमा परिन् ।

युवकको हत्या गरेको आरोपमा चन्द्रागिरिबाट २ जना पक्राउ

एक युवकको हत्या गरेको आरोपमा काठमाडौंको चन्द्रागिरिबाट २ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–३ थानकोट बस्ने महोत्तरी जलेश्वर नगरपालिका २ घर भएका २० वर्षीय जितेन्द्र साहको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका ३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङ रहेका छन् ।चन्द्रागिरी नगरपालिका ३ थानकोटमा आइतबार राति गोपाली समेतका ३ जनाले चक्कु प्रहार गर्दा गम्भीर घाइते भ

मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।मातातीर्थ सामुदायिक अस्पतालमा सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गरे । सो अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्ने बताइएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले […]

चन्द्रागिरी नगरपालिका एक सातालाई सिल

तिब्र रूपमा फैलिएको कोरोनाको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेकका सबै सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफूल तथा तरकारी पसल, निर्माण सामाग्री लगायतका पसलहरू, नगरपालिका वडा कार्यलय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी, गैरसरकारी, बैक तथा वित्तीय संसथ निजी सम्पूर्ण कार्यालयका सेवा पूर्ण रूपमा बन्द गरि नगरपालिकालाई नै सिल गरेको हो।