सरकारले भारतबाट जीटूजी प्रक्रियामार्फत रासायनिक मल खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय सहसचिवको नेतृत्वमा ‘ज्वाइन्ट स्टेयरिङ कमिटी' गठन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको तर्फबाट टोली गठन गर्ने निर्णय भएको बताए ।