बैंग्लुरुमा खेलिएको दोस्रो टेस्टमा भारतले श्रीलंकालाई २ सय ३८ रनले हराउँदै दुई खेलको शृङ्खला क्लिन स्वीप गरेको छ । भारतले प्रस्तुत गरेको ४ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका मात्र २०८ रनमा समेटियो । श्रीलंकालाई सस्तोमा समेट्न भारतका लागि रवीचन्द्र अश्विनले ४ तथा जसप्रीत बुमराहले ३ विकेट लिए ।त्यस्तै, अक्षर पटेलले दुई विकेट लिँदा रवीन्द्र जडेजाले एक विकेट पाए । खेलमा बुमराहले ८ विकेट लिन सफल रहे । श्रीलंकाको दोस्रो पारीमा कप्तान दिमुथ करुणारत्नेले सर्वाधिक १०७ रन बनाए । ७ जना ब्याटस्